(१) पुनरावेदन गर्दा पुनरावेदन गर्ने व्यक्तिले देहाय बमोजिमको रीत पु¥याउनु पर्नेछ –
(क) आफ्नो नामबाट पुनरावेदन गर्नु पर्नेछ र पुनरावेदनमा आफ्नोे ठेगाना समेत उल्लेख गर्नु पर्नेछ ।
(ख) विभागीय सजायको आदेशमा चित्त नबुझेको कुराहरुको कारण र पुनरावेदनमा माग गरेको कुरा स्पष्ट उल्लेख गर्नु पर्नेछ ।
(ग) पुनरावेदन संयमित भाषामा लेखिएको हुनु पर्नेछ ।
(घ) जुन आदेश विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको प्रमाणित नक्कल राख्नु पर्नेछ ।
(ङ) कानून व्यवसायी राखेको भए सो कानून व्यवसायीको नाम र प्रमाणपत्र संख्या उल्लेख गर्नु पर्नेछ ।
(च) प्रचलित कानून बमोजिम पुनरावेदन गर्दा लाग्ने दस्तुर दाखिल गर्नु पर्नेछ ।
(२) पुनरावेदन गर्दा पुनरावेदन गर्ने व्यक्तिले पुनरावेदनपत्रमा देहाय बमोजिमका कुराहरु समेत खुलाउनु पर्नेछ ।
(क) जुन निकायको निर्णयमा चित्त बुझेको छैन सो निकायको नाम ।
(ख) मुद्दाको नाम ।
(ग) निर्णय भएको मिति ।
(घ) पुनरावेदन कुन कानून अन्तर्गतको हो भन्ने कुरा ।